कर्तव्य ज्यान मुद्दामा फरार रहेको प्रतिवादी पक्राउ परेको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेको प्रतिवादी पक्राउ परेको छ ।

रौतहट माधवनारायण न.पा. वडा नं.५ मिठुअवा टोल बस्ने रामवृक्ष रामको छोरा अं. बर्ष ४५ को दशै राम र सोही नपा वडा नं.४ मानपुर टोल बस्ने हरदेव मुखियाको छोरा अं. बर्ष २४ को रामु मुखिया विन दुबै जना संगै आई राम मुखिया विनले आफ्नो घरमा जान डर लागि रहेको छ मेरो घर सम्म पु¥याई दिनु भनि संगै आएको रामु मुखिया बिनले भनेकोमा निजलाई पु¥याई आउँछु भनि दशै रामले रामु मुखिया बिनलाई निजको घर सम्म पु¥याउँन गएकोमा

घरमा फर्की नआपछि दशै रामलाई खोज तलास गर्ने क्रममा गएको मंसिर १६ गतका दिन माधवनारायण न.पा. वडा नं.४ मानपुर बिसुनपुर्वा स्थित लक्ष्मी साह सोनारको खेतमा दशै राम मृत अवस्थामा फेला परेकोले तत्काल जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी उपरिक्षक एसपी शिद्धी बिक्रम शाह र ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट प्रहरी.नायब उपरिक्षक डि. एसपी रवि रावलको कमाण्डमा अनुसन्धान टोली खटिई गई तालिम प्राप्त कुकुरलाई घटनास्थलमा बोलाई सुक्षम तरिकाले अनुसन्धान गर्दा विवादको कारण स्थानिय हरदेव मुखियाको छोरा अं. बर्ष २४ को रामु मुखिया बिनले दशै रामलाई निजकै घरबाट साथमा बोलाई ल्याई छाती र मुखमा घरेलु

हथियार प्रहार गरी मारिएको भने प्राम्भिक अनुसन्धानबाट खुलेको थियो हत्या गरिएपछि निज प्रतिबादी फरार भई भारत र सिमावर्ती क्षेत्रमा लुकी छिपी बसोबास गर्दै आईरहेको बेला प्रहरीले खोज तलास गर्ने क्राममा निजलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले जनाएको छ । गरुडाबाट खटिएका बिशेष टोलीले खोज तलास गर्ने क्रममा बिन गएको

माघ ३० गते कटहरिया न.पा. वडा नं.५ कटहरिया बजारमा लुकी छिपी हिडेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लियरे सम्मानित रौतहट जिल्ला अदालतबाट १० को म्यद थप अनुमती लिई निजलाई ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको न्यायीक हिरासतमा राखी अनुसन्धान भई रहेको ईलका प्रहरी कार्यलय गरुडाका प्रहरी नायब निरिक्षक रबि रावलले जानकारी दिनु भयो ।

error: Content is protected !!