नेपाली कांग्रेस रौतहटले गौरमा बिरोध प्रर्दशन

नेपाली कांग्रेस केन्दिय कार्य समितीको निर्यण अनुसार आज ७७ औ जिल्लामा कांग्रेसहरुले बिरोध प्रर्दशन गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते गरिएको प्रतिनिधी सभा बिघटनको बिरुद्धमा पार्टीका केन्द्रिय निर्णय अनुसार नेपाली कांग्रेस रौतहटले गौरमा बिरोध प्रर्दशन गरेका हुन ।
पार्टीका जिल्ला सभापति कृष्णा प्रसाद यादवको सभापतित्वमा प्रमुख अथिती केन्द्रिय सदस्य एवम बिधार्थी संगठनका पुर्व अध्यक्ष गोबिन्द भटराई , पुर्व सांसद एवम सबिधान सभा सदस्य शुनिल कुमार यादव उर्फ जितेन्द्र ,

जिल्ला सदस्य बाल्मीकी यादव, जिल्ला उप सभापति शुनिल यादव, क्षेत्रिय सभापति रामभरोष यादव, गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव,बृन्दावनका राम शनेही यादव, फतुवा बिजयपुर नगरपालिका का गोपाल प्रसाद यादव, बिधायक प्रत्यासी रामनरायण प्रसाद यादव, रामचन्द्र गिरी, वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता,शम्भुकान्त यादव, सचिवालय सचिब गनिलाल यादब लगाएतका हजारौको संख्यामा नेता कार्यकर्ताहरुको बिषेश उपस्थितीमा गौरको राईस मिलबाट निस्केको बिरोध जुलुश गौर परिक्रमा गरि बिपी चौकमा पुगी कोण सभामा परिण्त भएको थियो ।

बिरोध प्रर्दशनमा प्रर्दशनकारीहरुले केपी तेरो पाराले दुःख पायो साराले,केपी चोर देश छोड,नलायक सरकार मुर्दाबाद,केपी बिध्या हाय हाय,मारो जुता ठाय ठाय भन्दै नारा लगाएका थिए ।
प्रर्दशन पछि कोण सभामा बोल्दै रौतहट क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिनाले संबिधानमा कही कतै नलेखिएको अधिार प्रयोग गरि प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते गरिएको प्रतिनिधी सभा बिघटन गरिएको आरोप लगाउनु भयो ।

दुई तिहाईको सरकार बिकाशको नाममा गरिब जनतालाई दुःख दिने काम मात्रै गरेको बताउनु भयो । देशमा स्थाई सरकार भए पछि मात्र देश बिकाश गर्छ भन्ने बुझाई अनुसार यो देशमा नेपाली जनताले ठुलो आश गरेर बाम गठबन्धनलाई जिताएको र यिनिहरुले आफनो पद लोभका कारण पर्टी भित्रको बिबादलाई मिलाउनुको सटा संसद बिघटन गरि देशलाई दुर्घटना तर्फ धकेलिएको आरोप लगाउनु भयो ।

त्यस्तै सभालाई सम्बोधन गर्दै रौतहट क्षेत्र नं. ३ का पुर्व सासंद एबवम सबिधान सभा सदस्य शुनिल कुमार यादव उर्फ जितेन्द्रले यो सरकार संबिधानमा निहीत नभएको अधिार प्रयोग गरि संसद बिघटन गरिएको आरोप लगाउनु भयो ।
केपी शर्मा ओली नेतृत्वको नलायक सरकारको पालामा बल्तकार भ्रष्टचार ,बढी भएको र जनताले अमन चयन नपाएको बताउनु भयो ।
यो देशमा जब जब अस्थीरता आयो तब तब काग्रेसलेनै नेतृत्व गरेको र नेपालीमा शान्ति स्थापना गरेको बताउनु भयो ।

देशमा राना शासन , राजतन्त्रलाई अन्त्य गर्ने कांग्रेसनै भएको बतउदै अब केपी ओलीको अन्त्य कांग्रेसले नै गरिने बताए ।
कमयुनिष्टको नाममा यिनिहरुले सोझा सझा जनताहरुलाई ठगिदै आएको बताउनु पूर्व संसद यदबल.आरोप लगाउनुभयो । अर्को प्रसंगमा बोल्दै बहाले गौरको बिपी चौकमा निमार्ण गर्न लागिएको टावर कुनैपनि हालतमा बन्न नदिने बताउनु भयो ।

केही कथित ब्यक्तीले पार्टीका माहामहिम एवम जन निर्वाचित नेता बिपी कोईरलाको नाम मिटाउने गरि टावर निर्मान गर्न लागिएको भन्दै त्यो ठाउमा कुनै पनिहालतमा टावर निर्माण हुन नदिने ठोकुवा गर्नु भयो ।

बिपी नेपालकै मात्र नभई बिश्वका नेताको रुपामा चिनिने ब्यक्ती भएको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा प्रमुख अथिती गोबिन्द भटराईले यो देशमा कम्युनिष्टहरुले नेपाली जनतालाई ठुल ठुला सपना देखाएर मत प्राप्त गरको र पार्टी भित्र पदको भागवण्डा नमिलदा संसद बिघटन गरि देशमा सर्वसत्ताबाद लादन खोजेको आरोप लगाउनु भयो ।
केपी शर्मा ओलीले लकडाउनको समयमा जनतालाई राहत दिनुको सटा राहतको नाउमा लुटिने काम बढी गरेको बताउनु भयो ।

त्यस्तै कार्यक्रमको अन्तयमा समापन गर्ने क्रममा बोल्दै जिल्ला सभापति कृष्णा प्रसाद यादवले नेपाली कांग्रेस सधै नेपाली जनताको लागि लडिदै आएको पार्टी रहेको बताउनु भयो ।
मधेशको नाममा केही मधेशबादी दलले मधेशी जनतालाई भ्रमित पारेर सत्तामा पुगी लुटिने काम मात्र गरेको बताएका थिए ।

मधेशका मसिहा ठान्नेहरुले नै मधेशी संग बिभेद गरिदै आएको समेत आरोप लगाउनु भयो । देशका सबै जनतालाई जोडने काम कांग्रेसले नै गरेको बताउनु भयो ।
कम्युनिष्टहरुबाट देशमा अस्थिरता पैदा भएको भन्दै अब नेपाली कंग्रसेको बिकलप नरहेको समेत बताउनु भयो ।

error: Content is protected !!