नियम बिपरित चाँदी नदिबाट उत्खनन गरेपछि रोक्न निर्देशन

रौतहटको चाँदी नदिबाट नियम बिपरित उत्खनन् भएपछि चन्द्रपुर नगरपालिकाको अनुगमन समितिले रोक्न निर्देशन दिएको छ ।

आशिक कन्स्ट्रक्सन बृन्दावन रौतहटले मोतीपुर घाट र मर्दर सिमसारघाटबाट नियम बिपरित उत्खनन् गरेको पाएपछि रोक्न नगरपालिकाको अनुगमन समितिले निर्देशन दिएको हो । नदि उत्खनन्को ठेक्का पाएको कम्पनीले नियम बिपरित कार्य गरेको जनगुनासो बढेपछि सोमबार नगरपालिकाका अनुगमन समितिले स्थलगत निरिक्षण गरेको थियो ।

स्थलगत अनुगमनका क्रममा मापदण्ड विपरित ३ देखि ४ मिटर गहिरो खनेर नदिजन्य पदार्थ उत्खनन गरेको पाईएको चन्द्रपुर नगरपालिकाको अनुगमन समितिका संयोजक काजीमान कुश्वारले बताउनु भयो । आशिक कन्स्ट्रक्सनले आर्थिक बर्ष २०७७÷७८ का लागि २ प्याकेजमा ३६÷३६ लाखमा मर्दर सिमसार र मोतिपुर घाटको चाँदी खोलाको ठेक्का पाएको हो ।

सो कन्स्ट्रक्सनले नदिजन्य पदार्थको उत्खनन्को ठेक्का पाएपनि २१ लाख बराबर राजस्व नगरपालीकामा तिर्न बाकी रहेको राजस्व फाँटका प्रमुख राजेश सागरले जानकारी दिनुभयो । यता २ प्याकेजमा ६० हजार घनमिटर नदिजन्य पदार्थको उत्खनन् अनुमती पाएको भएपनि सो कन्स्ट्रक्सनले सो परिमाण भन्दा बढी नदिजन्य पदार्थ उथ्खनन गरिसकेको स्थानिय युवा सरोज बछारको दाबी छ ।

ठेकेदार कम्पनीले नगरपालिकाले तोकेको मापदण्ड भन्दा तेब्बर गहिरो खाल्डो बनाएको र सोही खाल्डोका कारण खोला गाउमा पस्ने खतरा बढेको स्थानीयहरु बताएका छन ।

error: Content is protected !!