मौलापुरमा नेपाली काँग्रेसको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाश श्रेष्ठ
कटहरिया रौतहट

रौतहट जिल्लाको मौलापुर नगरपालकिामा नेपाली काँग्रेसको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिको वडा नम्बर २ चिरचिरिया टोलमा अन्तरक्रिया कार्यकम गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का पुर्व साद तथा संविधान सभा सदस्य सुनिल यादव उर्फ जितेन्द्रको प्रमुख आतिथ्यतामा सम्पनन भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा पुर्व सांसद एवम संविधानसभा सदस्य समेत रहेका सुनिल यादव उर्फ जितेन्द्रले देशको पछिला राजजितीक घटनाक्रमलाई लियर आफनो क्षेत्रमा जनता संग दिन्हु राय सल्लाह लिन जनताको घर दैलोमा पुगी परार्मश गरिरहेका छन ।

नेपाली जनताले कम्युनिष्टहरुलाई दिएको दुई तिहाई बाट के कति सेवा सुबिधा पाईरहेको र यिनिहरुबाट देशमा कस्ता कस्ता बिकाश भईरहेको भन्दै त्यस बिषयमा छलफल गरिरहेका छन ।
अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथिको रुपमा बोल्दै कांग्रेसका नेता सुनिल यादवले नेकपा ओली समुहका गतिबिधी बारे जनता संग रायलिरहेका छन ।

यो देशमा जहिले पनि शान्ति अमन चयन गर्ने पार्टी कांग्रेस रहेको यादवले बताएका छन सम सामायिक अवस्था तथा त्यस वडामा भएको समस्याको बारेमा बुझेका थिए । सो कार्यक्रमको अवसरमा प्रत्यसी विधायक रामनारायण यादव , नगर सभापती संतोष साह , रामविश्वास महतो , कैलाश यादव , कमलकिशोर मिश्र, सोनालाल पटेल , राजाराम पटेल , रामविश्वास पटेल, वडा प्रत्यासी लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेका क्षेत्र नम्बर ३ का सचिवालय सचिव गनिलाल यादवले जानकारी गराउनु भएको हो ।

error: Content is protected !!