पुर्व मन्त्रि को गाडीले ठक्कर दिदा एक घाइते , थप उपचारका लागी काठमाडौ रिफर

रौतहटको चन्द्रनिगाहपुरमा पुर्व एक मन्त्रि सवार गाडीले एक साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री घाइते हुनु भएका छ । रौैतहटको चन्द्रनिगाहपुर पुर्वपश्चिम राजमार्ग अन्र्तगत सिभिल हस्पिटल नजिकै चन्द्रपुर—६ का बर्ष ५५  का इन्द्र प्रसाद घिमिरे घाइते हुनु भएको हो ।

पुर्व पर्यटन , नागरिक तथा उड्यान मन्त्रि योगेश भट्टराई सवार ज १ झ ४२७ नम्बरकोे गाडीले घिमिरेलाई ठक्कर दिएकोे होे । मन्त्रि भट्टराई पुर्वतर्फबाट हेटौडातर्फ जादै हुनुहुन्थ्यो । घाइते घिमिरेकोे सिभिल अस्पताल चन्द्रनिगाहपुरका प्राथमिक उपचार पश्चात थप उपचारका लागी बी एन बी हस्पिटल रिफर गरिएको सिभिल हस्पिटलले जनाएको छ ।

ठक्कर दिइएको गाडी र चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकोे नियन्त्रणमा रहेकोे छ । 

error: Content is protected !!