रौतहटमा अबैध घरेलु मदिरा ३०० लिटर नष्ट

रौतहटकोे इलाका प्रहरी कार्यालय गरुडाले आइतबार अबैध घरेलु मदिरा नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडा तथा सोेही मातहतका प्रहरी समेतबाट बिभिन्न समयमा .खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा बरामत गरिएको अबैध मदिरा आइतबार प्रहरीले नष्ट गरेको होे ।

अवैध घरेलु तयारी मदिरा २० वटा ग्यालेनमा अन्दाजी ३०० लिटर फेला नियन्त्रणमा लिइ दाखिला भएकोमा सोे मदिरा आइतबार प्रहरी कार्यालयको मुल ढोका देखी ५० मिटर उत्तर गौर च–पुर सडक खण्ड स्थित पक्की सडकको पश्चिम किनारमा नष्ट गरिएकोे छ ।

ईलाका प्रशासन कार्यालय गरुडा,गरुडा नगरपालिका गरुडा, कर सेवा कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधी, स्थानिय भद्रभलादमी र  संचारकर्मीहरुको रोहवरमा बरामद सो मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

error: Content is protected !!