ईप्रका कटहरिया बाट अन्सारीको बिदाई, नयाँ इन्चार्ज कुर्मीसँग हाजिर ,जनताको शान्ति सुरक्षाको अपेक्षा

इलाका प्रहरी कार्यालय कटहरियाको नयाँ इन्चार्जको रुपमा महानन्द कुर्मीको आगमन भएको छ । आज एक कार्यक्रमका बिच वहाँलाइ स्वागत गरिएको हो । यस अघिका इन्चार्ज सइ लतिफ अन्सारीको सरुवा भए पछि वहाँको आगमन भएको हो ।

इप्रका कटहरियामा फेरी भेटौला कार्यक्रम आयोजन गरि अन्सारी लाइ विदाइ गरिएको हो । करिब साढे छ महिने आफनो कार्यकाल सकाएर वहाँ सरुवा हुनु भएको हो । आफनो कार्य अवधि भर वहाँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको अनुभुति दिलाउन वहाँ सफल हुनु भएको थियो ।

नयाँ इन्चार्जको रुपमा आएका कुर्मी सँग यस क्षेत्रका जनताहरुले त्यस्तै अपेक्षा राखेका छन् । बिदाइ तथा स्वागत समारोह कार्यक्रममा समाजसेवि नसरुदिन अन्सारी लगायत दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!