गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढन थालेपछि पर्सामा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन

पर्सा जिल्लाका सबै पालिकाहरुले किटजन्य रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्ने भएको छ ।गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढन थालेपछि किटजन्य रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्ने भएको हो।

पर्सा जिल्लामा एउटा वीरगञ्ज महानगरपालिका सहित १४ वटा पालिका रहेका छन् ।।ती सबै पालिकाहरुमा संयुक्त रुपमा एकै पटक अभियान चलाउने प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले बताउनुभयो। जिल्ला स्वास्थ्य कार्यालयको अग्रसरतामा आइतवार भएको बृहत्त बैठकले जिल्लाभरि एकै साथ अभियान चलाउने निर्णय गरेको हो।

स्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य निरीक्षक, पालिकाका स्वास्थ्य संयोजक, रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुरक्षा निकायका प्रतिनिधि समेतको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरिएको उँहाले बताउनुभयो । वीरगञ्ज महानगरले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानका लागि बजेट विनियोजन गरिसकेको छ । तर त्यस बाहेकका पालिकाका स्वास्थ्य संयोजकहरुले बजेट त्यसका लागि बजेट नभएको गुनासो गर्नुभयो।

बजेट बिनियोजन गरिएको नभएपनि आवश्यक बन्दोबस्ती गरेर डेंगु लगायत किटजन्य रोग नियन्त्रणका लागि कदम चाल्ने प्रतिबद्धता स्वास्थ्य संयोजकहरुले व्यक्त गरेको प्रमुख चौरसियाले बताउनुभयो। डेंगु तथा किटजन्य रोगहरु विरुद्ध जनचेतनामुलक पोष्टर पम्पलेटहरु सार्वजनिक स्थानमा वितरण गर्ने, प्रत्येक पालिकामा जनचेतना अभिवृद्धि गर्न विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएको चौरसियाले बताउनुभयो। बैठकमा नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सञ्जय ठाकुरले कार्यपत्र प्रस्तुतगर्दै डेंगु रोग वर्षायाम सकिएपछि बढी देखिने गरेको बताउनुभयो।

अव्यवस्थित सहरीकरणले गर्दा सहरी क्षेत्रमा केही वर्षयता डेंगुको प्रकोप देखिएको बताउँदै डा।ठाकुरले डेंगु लागेका ९० प्रतिशतलाई लक्षण नदेखिने गरेको बताउनुभयो ।नेपालमा पहिलोपटक सन २००४ मा विदेशी नागरिकमा डेंगु देखा परेको थियो ।त्यसपछि नेपालमा डेंगु रोगको प्रकोप बढेको हो । जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जनाए अनुसार डेंगु रोग बिरुद्धको तयारीमा सबै पालिकाको सहमति भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख चौरसियाले किटजन्य रोगहरुले पटक पटक दुःख दिईरहेकोले बेलैमा सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो ।पर्सा जिल्लाका सबै पालिकाहरुले किटजन्य रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्ने भएको छ ।गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढन थालेपछि किटजन्य रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्ने भएको हो। पर्सा जिल्लामा एउटा वीरगञ्ज महानगरपालिका सहित १४ वटा पालिका रहेका छन् ।।

ती सबै पालिकाहरुमा संयुक्त रुपमा एकै पटक अभियान चलाउने प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले बताउनुभयो। जिल्ला स्वास्थ्य कार्यालयको अग्रसरतामा आइतवार भएको बृहत्त बैठकले जिल्लाभरि एकै साथ अभियान चलाउने निर्णय गरेको हो।

error: Content is protected !!