रौतहटको चन्द्रपुरमा निशुल्क आँखा शिबिर सम्पन्न

 रौतहटको चन्द्रपुरमा आज एक दिने निशुल्क आँखा शिबिर संचालन गरिएको छ । चन्द्रपुर नगरपालिकाको आयोजना र बर्दिबास आँखा अस्पताल, हिमालयन आई केयर फाउण्डेसन काठमाण्डौको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिबिर संचालन गरिएको हो ।

सो आखा शिविरको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले उद्घाटन गर्नु भएको थियो । शिविरमा रौतहटका चन्द्रपुर , गुजरा , बृन्दावन , गरुडा , गढीमाइ , माधवनारायण नगरपालिका तथा छिमेकी जिल्ला मकवानपुरको बकैया गाउपालिका लगायतका ६ सय जनाको आखाँ चेकजाच गरेका थिए ।

जसमध्ये १२५ जना मोतिविन्दुका विरामीहरुलाई बर्दिवास आखा अस्पतालका मुकुन्द पौड्यालले निशुल्क अप्रेसनको ब्यबस्था गरिएको बताउनु भयो ।  

error: Content is protected !!