अख्तियारको टोलीले पिछा गरेपछि ८ लाख रुपैयाँ फ्याँकेर गाउँपालिकाका अध्यक्ष फरार

अख्तियारको टोलीले पिछा गरेपछि ८ लाख रुपैयाँ फ्याँकेर गाउँपालिकाका अध्यक्ष फरार भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका हुन्।राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालयको टोली उनलाई खोज्दै पुगेको थियो ।

गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङको गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिनुभयो ।

उनी फरार भएपछि अख्तियारले उनका गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ र गाडीबाट फ्याँकेको ८ लाख रुपैयाँ पनि बरामद गरेको रिमालले जानकारी दिनुभयो।

error: Content is protected !!