गरुडा नगरपालिकाकी उपमेयरद्वारा अनाथलयमा सहयोग

आफ्नो बैबाहिक बर्ष गाठको अवसर पारेर गरुडा नगरपालिकाकी उपमेयर रंगिला देवी जयसवालले अनाथलयमा सहयोग गर्नु भएको छ ।

उहाँले गरुडामा रहेको बंशीराम जयसवाल अनाथलयमा बिभिन्न खाद्यान्न सामग्री सहयोग गर्नु भएको हो । फजुल खर्च गर्नुभन्दा सामाजिक काममा खर्च गर्ने योजनाले अनाथालयमा आश्रित बालबालिकालाई सहयोग गरेको उहाले बताउनु भयो ।

आश्रममा उहाले चामल ५ बोरा १२० किलो, दाल २५ किलो, आलू २५ किलो, खाने तेल एक १ जर्किन, पापड इत्यादि सामान सहयोग गर्नुभएको छ। अनाथबालबालिकालाई सहयोग गरेकोमा उपमेयर प्रति अनाथलयले सुभकामना व्यक्त गर्दै आभार प्रकट गरेका थिए ।

error: Content is protected !!