दोभान बजारमा मंगलवार आगलागी ४९ घर र ५५ परिवार विस्थापित

ताप्जेलुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलवार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन् ।

भौतिक क्षति यकिन भइसकेको छैन । बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए ।

स्थानीय प्रेम न्यौपानेले सोमवार बिर्तामोड ९झापा० बाट २ ट्रक युरिया र डीएपी मल, १ गाडी खाद्यान्न ल्याएका थिए । बेलुकी अबेरसम्म अनलोड गरे । ५ लाख रुपैयाँ बराबरको सामान न्यौपानेले थन्क्याउनै पाएका थिएनन् ।

पसलमा १० लाखको खाद्यान्न छँदै थियो । मंगलवार सबै खरानी बनेको न्यौपानेले सुनाए ।

‘केही पनि जोगाउन सकिनँ,’ न्यौपानेले भने, ‘साहुबाट ऋण काढेर जोडेको सामान सबै खरानी भयो

अर्का स्थानीय प्रदीप पोख्रेलका किराना र लत्ता कपडाका पसल थिए । पसलका सबै सामान खरानी बनेका छन् । ‘आगलागी शुरू भएको सँगै जोडिएको २ वटा घरमा हाम्रो पसल थियो,’ पोख्रेलले भने, ‘जीउमा लगाएको एकसरो कपडाबाहेक केही बचेन ।’

दुवै पसलमा गरी ८० लाख रुपैयाँभन्दा बढीको सामान जलेको पोख्रेलको भनाइ छ ।

फुङलिङ र फिदिम नगरपालिकाका दमकल र एस्काभेटर प्रयोग गरी आगो थप फैलनबाट रोकिएको थियो । त्यस क्रममा २ घर भत्काइएको थियो । आगो मंगलवार साँझसम्म पनि पूर्ण नियन्त्रणमा भने नआएको अध्यक्ष लिम्बूले बताए ।

error: Content is protected !!