काठ तस्करहरु साइकलको स्वरुप परिवर्तंन गर्दै ,रौतहटमा

रौतहटमा काठ तस्करीकोे बिगबिगी बढ्दै जना थालेको छ । केही बर्ष अगाडी काठ तस्करहरुले टायर गाडा , साइकल ,इरिक्सा , अटोे , भ्यानदेखि विभिन्न सवारी साधनहरुकोे प्रयोेग गरि तस्कर गर्ने गरेका थिए ।

तर ति सवारी साधनहरुको प्रयोेग गरि काठ तस्कर गर्दा प्रहरीलाई पक्राउ गर्न सहज हुने गरेका कारण पछिल्लो समय तस्कर गर्ने सवारी साधनमा तस्करहरुले परिवर्तन गर्ने गरेको पाइएको छ । पछिल्लो समय काचो सालका गोलियालाईं साइकलको स्वरुप परिवर्तन गरि तस्करहरुले ल्याउने गरेको पाइएको छ ।

रौतहटको चन्द्रनिगाहपुर , बृन्दावनको बलेरी , गुजराको चोचा लगायतका क्षेत्रमा वन गस्ति टोलीले बरामत गरेको साइकलहरुको स्वरुप परिवर्तन गरेको पाइएको हो । साइकलको बिच भागमा गोलो आकारको फलामकोे रिङ बनाएर वेल्डिङ गरेर सोही गोलो भागमा सालका गोलिया तस्कर गर्ने गरेको पाइएकोे हो ।
तस्कर गर्ने क्रममा तस्करहरु समेत फरार हुन सहज हुने हुदा तस्करहरुले सोही बमोजिम साक्ष्कल बनाउने गरेको प्रहरीले आंकलन गरेका छन । वन तस्कर निसन्त्रण गर्नका लागी स्थानियबो सहयोगमा स्वरुप परिवर्तन गरिएका साइकलहरुको खोजतलासलाई कडाइ गर्नु पर्ने नागरिकहरुको सुझाव रहेको छ ।
,,,,,,,,,,,,,,,,,,,

error: Content is protected !!