रौतहटमा आगलागी लाखौको क्षति

 रौतहटको गढीमाइ नगरपालिकाको समनपुरमा आगलागी भएको छ । गढीमाई नगरपालिका वडा नम्बर २ समनापुर टोल निवासी राम रतन साह र हरेकृष्ण साहको संयुक्त पक्की पिलर भएको र बाँस ,काठ , टालीले बनेको दुई तल्ले घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

गढीमाई नगरपालिकाका साहका १० बर्षीय छोरा अभिशेष कुमार साहले घरको माथिल्लो तल्लामा प्लाष्टिक पोलेर बल बनाउने क्रममा आगलागस् भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवि रावलले बताउनु भयो ।

उक्त आगलागीमा करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ । सो आगलागी मातहतको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइसकेको डिएसपी रावलले बताउनु भयो ।

आगलागीबाट घरका समानहरु नष्ट भएतापनि मानवीय क्षति हुन् नपाएको प्रहरीले जनाइएको छ ।

error: Content is protected !!