विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सडक नगरपालिका ३ बनरझुला टोल बस्ने ५२ वर्षिय रामनाथ मण्डल छन् आर्दश उपनाम रहेका मण्डल चन्द समूहका सप्तरी जनसत्ता प्रमुख हुन् ।

यस्तै चन्द समूहका सप्तरी–सिरहा जिल्ला कार्यसमिति सदस्य राजविराज नगरपालिका ४ निवासी उदय भनिने उदयनारायण मण्डल र विष्णुपुर गाउँपालिका १ निवासी २५ वर्षिय रामकृष्ण मण्डल पनि पक्राउ परेका छन् । शुक्रबार साँझ पक्राउ परेका उनीहरु बारे शनिबार प्रहरीले सार्वजनिक गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्लाको विभिन्न स्थानमा छापामारि उनीहरुलाई पक्राउ गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । विभिन्न व्यक्तिलाई फोन गरि चन्दाका लागि धम्क्याउने गरेको सूचनापछि उनीहरुमाथी निगरानी बढाइएको र सोही क्रममा पक्राउ गरिएको डिएसपी साहको भनाई छ ।

पक्राउ परेकाहरुका साथबाट चन्दा माग्न धम्की दिँदै प्रयोग गरिएको तीन थान मोबाइल, आर्थिक सहयोग माग गर्न धम्कीपूर्ण भाषमा लेखिएर तयार गरिएको पत्रहरु, अखिल नेपाल किसान महासंघ केन्द्रि समिति लेखिएको पर्चा, नेकपा चन्द समूह सप्तरीको पर्चा, यूवा संगठन नेपाल लेखिएको साधारण सदस्यता रसिदको ठेली, जनविद्रोह तथा बिर मधेशी नामक पुस्तकललगायतका सामग्रि बरामद भएको तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।

error: Content is protected !!