रौतहटकोे डुमरियाका ५० घर मुहसर परिवारकोे पक्कि घर बन्दै

रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ डुमरियास्थित मुसहर परिवार पक्कि घरमा बस्न पाउने भएका छन । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ डुमरियाका मुसहर टोलमा जनता आवास योजना अन्र्तगत ५० घर बनाइने भएको हो ।

शनिबार एक कार्यक्रमका बिच प्रदेश २ कोे जनता आवास योेजना अनुसार सो बस्तिका मुसहरहरुका लागी ५० घर निर्माण गर्न शनिबार प्रदेश २ रौतहट क्षेत्र नम्बर १ का सांसद बाबुलाल शाहको पहलमा प्रदेश संसद फुलबाबु र सोही वडाका वडा अध्यक्ष गोविन्द दुलालले संयुक्त रुपमा शिलान्यास गरिएकोे छ ।

तत्काल १ महिनाभित्र ५० घरमध्ये १० घर निर्माण गरि सक्ने गरि काम अगाडी बढाइने प्रदेश संसद बाबुलाल शाहले बताउनु भयो । एकै पटक बसिरहेका घरहरु भत्काउदा मुहसर परिवारलाई असहज हुने भएकाले केही घर भत्काउदै निर्माण गर्दै सोे स्थानमा ५० घर निर्माण गर्ने वडा अध्यक्ष गोेविन्द दुलालले बताउनु भयो ।

सशलान्यास कार्यक्रममा स्थानिय मुसहर समुदायका ब्यक्तिहरु समाजसेवी लगायत विभिन्न राजनितिक ब्यक्तित्वहरुकोे सहभागीता रहेको थियोे ।  
 

error: Content is protected !!