अकोराबको अध्यक्षमा अर्जुन गिरी निर्वाचित
सामुदायिक रेडियो प्रसारक संघ९अकोराब० को १५ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै विहिबार सम्पन्न भएको छ । २०७७ फागुन २५ बाट सुरु भएको अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्ष पदका लागि २ जनाको उमेदवारी परेपछि चुनाव भएको थियो । अन्य पदहरुमा भने सर्वसम्मतिले पदाधिकारीहरु चयन भएका हुन ।
कुल खसेको १ सय ७९ मध्ये गिरीले १ सय ६३ मत प्राप्त गरि भारी मतान्तरले निर्वाचित हुनु भएको हो । अध्यक्षका अर्का उम्मेद्वार कपिलदेव खनालले भने १३ मत मात्र प्राप्त गर्नु भएको थियो । ३ मत भने बदर भएको थियो । विहिबार विहान सकिएको अधिवेशनले अन्य सबै पदमा सर्वसम्मत चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन हुनु भएको छ । महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिव सुदर्शन खतिवडा चयन हुनु भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता डा। रामहरि त्रिपाठीले बताउनु भयो ।
खुल्ला केन्द्रीय सदस्यमा कृष्णहरि घिमिरे, नवीनराज पौडेल, ध्रुबराज ढकाल, रोशनमान श्रेष्ठ र शुक्रराज भण्डारी चयन हुनु भएको छ । महिला केन्द्रीय सदस्यमा कमला कँडेल, गीता न्यौपाने र दिपु पोखरेल ९खेम कुमारी० चयन हुनु भएको छ । मधेसी केन्द्रीय सदस्यमा नवीन नरसिंह नेपाली र अजयकुमार यादव, जनजाति केन्द्रीय सदस्यमा कष्ण कुमार एस्माली र पुष्पा चौधरी, दलित सदस्यमा हेमन्त बहादुर विश्वकर्मा चयन हुनु भएको छ ।
प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट टेक बहादुर खड्का, प्रदेश २ बाट जिवछ चौधरी, बागमतीबाट भक्त बहादुर स्याङतान, गण्डकीबाट राम नारायण सुवेदी, लुम्बिनीबाट संगीत बस्याल, कर्णालीबाट बालकुमार शर्मा र सुदूरपश्चिम प्रदेशबाट केशवदत्त भट्ट चयन हुनु भएको छ । लेखा समिति संयोजकमा भूमिराज चापागाईँ र सदस्यमा रामभरोसी महतो र प्रल्हाद पोखरेल चयन हुनु भएको छ ।
अधिवेशनले प्रदेश नम्बर १ मा विदुर खवासको अध्यक्षतामा, प्रदेश नम्बर २ मा मनोज कुमार यादव, बागमती प्रदेशमा बलराम श्रेष्ठ, गण्डकी प्रदेशमा गणेश श्रेष्ठ, लुम्बिनी प्रदेशमा केपी घिमिरेको अध्यक्षतामा कार्य समिति चयन भएको छ ।
कर्णाली प्रदेशमा गोरख बहादुर शाही र सुदूरपश्चिममा जगत बहादुर खड्काको अध्यक्षतामा कार्य समिति चयन भएको छ । नवनिर्वाचित अध्यक्ष गिरिले देशभरिबाट उपस्थित भएर अधिबेसनलाई सफल बनाउने सदस्य रेडियो र प्रतिनिधिहरुलाई धन्यवाद् दिनु भयो ।