भारतविरूद्धको टी-२० सिरिजमा इङल्याण्डको विजयी शुरुवात

इङल्याण्डले भारतविरूद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।गएराती सम्पन्न सिरिजको पहिलो खेलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १२५ रनको लक्ष्य पछाएको इङल्याण्डले १५.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

इङल्याण्डका लागी जासन रोयले ४९, जोनी बैरस्ट्रवले अविजित २६, जोस बटलरले २८ र डेविड मलानले अविजित २४ रन बनाए । भारतका बलर युजवेन्द्र चहल र वाशिंटन शुन्दरले एक एक विकेट लिए ।

16 Push 077 final

यस अघि टस हारेर अहिल ब्याटिंग गरेको भारतले २० ओभरमा  विकेट गुमाउदै १२४ रन बनाएको थियो । भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ६७ रन बनाए भने ऋषव पन्तले २१ र हार्दिक पाण्डेयले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

इङल्याण्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने आदील राशिद, मार्क वूड, क्रिस जोर्डन र बेन स्टोकले एक एक विकेट लिए ।

यो जितपछि इङल्याण्ड ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ ।अब सिरिजको दोस्रो खेल १४ मार्चमा हुने छ ।