एक विगाहामा लगाइएको अफिम प्रहरीद्धारा नष्ट

रौतहटमा प्रतिबन्ध अफिम खेती प्रहरीले शनिबार नष्ट गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय रौतहटमा प्राप्त भएको गोप्य सुचनाका आधारमा रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ७ स्थित सबैया पिपरीयाका विभिन्न स्थानहरुमा लगाइएका १ विगाहमा रहेको अफिमका विरुवा नष्ट गरेको हो ।

नेपालमा प्रतिबन्ध रहेको लागु औषध अफिम खेतीे शनिवार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कानूनी बन्देज रहेको अवैध लागु औषध अफिमको खेती रौतहटको मौलापुरमा रहेको सुचना प्राप्त गरेपछि प्रहरीले बिरुवाहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शाहले बताउनु भयो ।

16 Push 077 final

रौतहटका अन्य स्थानहरुमा समेत अफिम खेती भए नभएको खोजी कार्य गर्ने र अफिम खेति भएको पाएमा त्यसलाई नष्ट गर्ने उपरिक्षक शाहले बताउनु भयो ।