धन्सरमा बिरोधका बाबजुद प्रबेश द्धार निर्माण कायलार्ई अगाडी बढाएको भन्दै कांग्रेसका कार्यकर्ताहरुले निर्माण सामग्री बुझाए प्रहरीको जिम्मा
बौधीमाई खबर डेस्क ः चैत १ गते रौतहट
नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद शुनिल यादव उर्फ जितेन्द्रले आफु सांसद भएको बेला कटहरिया देखि जंगलसैय धनसरपुलको बाटो निर्माण गरिएको र सोही समय आफुले आफनो बुवा अनिरुद यादवको नामले प्रबेश द्धार निर्माण गरिएको र अहिले आफुले निर्माण गरिएको ठाउको नजिकै केपी ओली समुहका शहरी बिकाश मन्त्री प्रभु साहको निर्देशनमा गएको फल्गुण १७ गतेका दिन तिनका केही सर्मथक र उनकै श्रीमती मौलापुर नगपालिकाकी मेयर रिना कुमारी साह, कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुशवाहा र बिधायक कुन्दन कुशवाहाले संयुक्त रुपमा पुणः शिलान्यास गरिइको थियो ।
शिलान्यास पछि कांग्रेसका नेता रौतहट क्षेत्र नमबर ३ का पुर्व सांसद जितेन्द्रको नेतृत्वमा करिब ३ सयको संख्यामा पार्टीका नेता कार्यकर्ताहरु निर्माण गरिएको ठाउमा पुगी त्यसका बिरोध गरेका थिए ।
बिरोधका बाबजुद पनि एमालेका नेताहरुले तनाशाह प्रबृती देखाउदै शिलान्यास कार्यलाई अगाडी बढाएको भन्दै पुनः कांग्रेसका नेता कार्यकर्ताहरु निर्माण गरिएको ठाउमा पुगी निर्माण समाग्री उठाई प्रहरीको जिम्मा लगाई सो कार्यको बिरोध गरेका छन ।
आफनो बुवाको नामले निर्माण गरिएको प्रबेश द्धारको दुईवटा पिलर यथावतै रहेको र सोही ठाउमा पुणः प्रबेश द्धार निर्माण गर्नु भनेको कल्हको शुरुआत नै गर्न खोजेको पुर्व सांसद यादवले बताएका छन ।