बसको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यू

पुर्ब(पश्चिम राजमार्गमा आइतबार राती भएको सवारी दुर्घटनामा एकजना को मृत्यु भएको छ भने १ जना घाइते भएका छ्न ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं। १ स्थित पुर्व पश्चिम राजमार्गको बगमति बजारमा पश्चिमबाट पुर्व तर्फ जादै गरको ग।१ ख(६४४७ नं।को बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं। २(०३(०११ प(७८७९ को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक चन्द्रपुर नगरपालिका वडा नं। १ बागमति डाँडाटोल वस्ने वर्ष ३४ को कुमार लुङगेलीको मृत्यु भएको छ ।

उनको टाउको र सरिरका विभिन्न भागमा चोट लागेपछि चन्द्रपुर हस्पिटल प्रालिमा उपचारका क्रममा उनको सोमबार मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपि लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

मोटरसाईकलको पछाडी बागमति १ बस्ने २७ बर्षका जय बहादुर दर्लामीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको र चन्द्रपुर हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ ।

स र चालक सुनसरी बराह नगरपालिका वडा नं। ८ वस्ने वर्ष ३७ को युवराज आचार्यलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान गरीरहेको प्रहरीले जनाएक१ छ ।