रौतहटमा भिडभाड तथा भेला गर्नमा रोक

 रौतहटमा पनि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भेला तथा भिडभाड गर्न नपाउने भएका छन ।

बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकमा बसेको जिल्ला विपद ब्यबस्थापन समितिको बैठकले होली लगायत कुनै पनि पर्व , मेला , महोत्सव , जात्रा आदीमा भिडभाड गर्न , मानिसहरु भेला जुलुस गर्न नपाउने निर्णय गरेको छ ।

16 Push 077 final

त्यसैगरि धार्मिक तथाद सामाजिक दुरि लगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण पालना गर्नु पर्ने , ब्यापार ब्यावसाय बिहान ४ बजेदेखि राती १० बजेसम्म मात्र सञ्चालन गर्नु पर्ने , रौतहटको सिमा नाकाहरु गौर र बंकुलमा मापदण्ड बमोजिम यात्रुहरुको आगमन तथा मालसमानको ढुवानी ब्यबस्था बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्ने , होटल तथा रेस्टुरेष्ट तथा स्थानिय खाजा घरहरु बेलुकी ८ बजे बन्द गर्नु पर्ने लगायतका क्रियाकलापहरु गर्न गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयले आदेश गरेको ब्यबस्था अबज्ञ गरेकाृ पाइएमा संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही हुने समेत जनाइएको छ ।