ओलीलाई काग्रेसको समर्थन हुदैन ः शाशंक कोइराला

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति रौतहटको आयोजनामा दोस्रो र तेस्रो प्रतिनिधि सभा उदघाटन कार्यक्रम रौतहटमा सम्पन्न भएको छ। रौतहटको वृन्दावन नगरपालिकाको वरगजवामा नेपाल शिक्षक संघको प्रदेश नम्वर २ कार्य समितिको प्रतिनिधि सभाको दोस्रो र तेस्रो प्रतिनिधि सभा उद्घाटन समारोह बुधबार सम्पन्न भएको हो ।

नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राम कृपाल राय यादवको अध्यक्षतामा रौतहटको बृन्दावन नगरपालिका वडा नं.८ बरगजवा माबिको प्रङ्गनमा भएको सो कार्यक्रम प्रमुख अथिती नेपाली कांग्रेसका महामन्त्री शंशाक कोईराला बिशिस्ट अथिती पुर्व मन्त्री तथा महिला नेतृ चित्रलेखा यादव ,अथितीहरुमा जिल्ला सभापति कृष्णा प्रसाद यादव, रौतहट क्षेत्र नं. ४ का संघिस सांसद देव प्रसाद तिमल्सीना, रौतहट क्षेत्र नम्बर ३ का पुर्व सासद एवम संबिधान सभा सदस्य शुनिल यादव उर्फ जितेन्द्र बृन्दावन नगरपालिकाका नगर प्रमुख राम शनेही यादव, गढीमाईका श्याम प्रसाद यादव, परोहा नपाका शेख ओकिल, राजपुरका शेख शाकिल,चन्द्रपुरका रामचन्द्र चौधरी, ,प्रदेश सांसद धनलाल ठोकर, जिल्ला सम्पुण नेता कार्यकताहरुको बिषेश उपस्थितीमा भब्य कार्यक्रम संम्पन भएको छ ।

कार्यक्रममा अधिकान्स बत्ताहरुले यो देशमा कम्युनिष्टहरुको कारणले गर्दा अन्योलमा फसेको बताउनु भएको थियो ।
नेपाली जनताले यहाका कम्युनिष्टहरुलाई दुई तिहाई दिदापनि यिनिहरुले सत्ताको आडमा देशमा भष्टभारी हत्या हिसां बलत्कार जस्ता घटना बढी भएको आरोप समेत लगाएका छन ।

पार्टी भितरको बिबादलाई लियर देशलाई बन्दक बनाएको आरोप लगाएका छन । शिक्षकहरुले आफनो ३० बुन्दे मागलाई यो सरकारले पुरा गर्न कुनै वस्था नगरेको र अहिले सम्म रोकेर राखेको भन्दै त्यसको बिरोध गरेका थिए ।
प्रमुख अतिथि नेपाली काँग्रेसको महामन्त्री शशांक कोइरालाले उदघाटन गर्नु भएको हो ।

16 Push 077 final

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले सर्वसत्तावादी, अहंकारवाद, अधिनायकवादी चरित्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुठाराघात गरी हुकुमी शासन चलाउन खोजिरहेको गम्भीर आरोप लगाउनु भयो ।
ओली सरकारलाई नेपाली काँग्रेसले साथ नदिने अडान उहाले राख्नु भएको थियो । ओलीको तानाशाही प्रवृतिले मुलुक संकटमा परेको जनाउनु हुदै काग्रेसको साथ नरहने जिकिर गर्नु भयो ।

अधिनायकबाद एवं सर्वसत्तावादको प्रधानमन्त्री केपी शर्मा ओलीलाई नहटाएसम्म मुलुकले उन्मुक्ति पाउन नसक्ने समेत उहाले बताउनु भयो ।
नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण एवं जगेर्ना गर्न नेपाली काँग्रेस जस्तोसुकै मूल्य चुकाउन तयार रहेको तर्क रहेको थियो ।
आफ्ना कार्यकर्ताहरुलाई संगठन बलियो बनाउन जनताहरुको घर दैलोमा पुगेर जनताको समस्यासँग सहकार्य गर्न उहाले आग्रह समेत गर्नु भयो ।

राजनितिक प्रतिशोधले काग्रेसको नेता मोहम्मद आफताव आलमलाई फसाउने काम भएको बताउनु हुदै आलमलाई रिहा गराएर छाड्ने उहाले ठोकुवा गर्नु भयो ।
कार्यक्रमको शुरुमा स्वागत मनतब्य नेपाल शिक्षक संभ पुर्व अध्यक्ष एवं सचिव राममंगल यादवले गर्नु भएको थियो ।कार्यक्रको संचालक नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राम कृपाल राय यादवले गर्नु भएको थियो ।