
लागूऔषधसहित सप्तरीबाट एक युवक पक्राउ

सशस्त्र प्रहरीले सप्तरीबाट बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध लिएर पैदल आउँदै गरेका जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ११ निवासी २२ वर्षीय राजु सरदारलाई पक्राउ गरिएको हो ।
तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका सरदारलाई अन्य अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।