रौतहटको कटहरियामा माओवादी केन्द्रको संगठन विस्तार
सागर ठाकुर
रौतहट
रौतहटमा नेकपा माओवादी केन्द्रले आफ्नो संगठन विस्तारलाई प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्र रौतहटले जिल्ला , नगरका साथै वडा स्तरमा समेत आफ्नो मातहतका सम्पुर्ण भातृसंगठनहरुलाई क्रियासिल बनाउने निर्णय गरेसँगै रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न वडाहरुमा माओवादी केन्द्रको वडा समिति र वाइसिएल समिति समेत गठन गर्दै आएको छ ।
सोही अनुसार आइतबार रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रको वडा समितिका साथै वाइसिएल वडा समिति गठन भएको छ । वाइसिएल नेपालका रौतहट संयोजक अंचित कुशवाहाको अध्यक्षतामा बसेको भेलाले २५ सदस्य वाइसिएल वडा समिटी गठन गरिएको हो ।
वडा नम्बर ७ मा संजय कुमार महतोको अध्यक्षतामा २५ सदस्यीय वाइसिएल नेपालको वडा समिति गठन भएको जनाइएको छ । उपाध्यक्ष ध्रुप महतो, कोषाध्यक्ष जयकर साह, दिनेश साह , सह सचिब सिध्दार्थ कुमार महतो लगायतका पदाधिकारी चयन भएको सचिव सिद्धार्थ कुमार महत्तोले बताउनु भयो ।
आइतबार सम्पन्न भेलामा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का यूवा नेता नसरूदिन अंसारी , वडा सदस्य शेख हाफिज , नगर संयोजक नागेन्द्र साह, अतिथि पूर्व नगर अध्यक्ष जावेद , वडा संघर्ष संयोजक वकिल कुशवाहा, नगर सहसंयोजक गजेन्द्र यादव, लखिन्द्र पासवान, जागेशवर राम, अंचित राम, रामविलास यादव लगायतको रोहवरमा वडा कमिटी गठन गरिएको नेकपा माओवादी