पत्रकार महासंघ रौतहट शाखाका नवनिर्वाचित पदाधिकारीहरुको पद अन्यौलमा

 

सरिता कुशवाहा
रौतहट

नेपाल पत्रकार महासंघ रौतहटका निर्वाचित पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गर्न नपाउने भएका छन । सोमबार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंज एवम् न्यायाधिश रमेश कुमार पोखरेलको इजलासले दिइएको आदेशले नेपाल पत्रकार महासंघ रौतहटका निर्वाचित पदाधिकारीहरुमा अन्योलता छाएको छ ।

दिनेश यादवले दिइएको निवेदनमा नेपाल पत्रकार महासंघ रौतहट शाखालाई विपक्षी बनाएको छ । सोमबार निवेदनमाथी इजलास आदेश जारी गर्दै दुवै पक्षलाई छलफल गरि गराई अन्तरिम आदेश जारी हुने नहुने निष्कर्षमा पुग्न मनासिव हुने देखिएकाले सो प्रयोजनका लागी २०७८ बैशाष ५ गते पेशी तोकिएको र सो अवधिसम्म गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघ रौतहट शाखामा निर्वाचित पदाधिकारीहरुलाई शपथ तथा पदभार ग्रहण नगराउन विपक्षीका नाउमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्त।िम आदेश जारी गरेको छ ।

विपक्षी नवनिर्वाचित पत्रकार महासंघ रौतहटलाई निवेदकले दिइएको निवेदनसहित निर्वाचनसँग सम्बन्धित सम्पुर्ण कागजातहरु लिइ आउनु भनी आदेश जारी गरेको छ । यो आदेशसँगै नेपाल पत्रकार महासंघ रौतहट शाखाका निर्वाचित पदाधिकारीहरुले कुनै किसिमका गतिविधि समेत गर्न पाउने छैन । 

error: Content is protected !!