सिमा नाकामा नेपाल भित्रिनेको चाप बढ्दै , कोरोना संक्रमणको त्रास

करण कुमार मिश्र
रौतहट

रौतहट सिमा नाका हुदै नेपाल भित्रिनेहरुको चाप बढ्दै जान थालेको छ । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सीमा नाकामा स्वदेश फर्किनेहरुको चाप बढेको हो । रौतहटको सीमा क्षेत्र हुदै हरेक दिन सयौं नेपाली नेपाल भित्रिरहेका स्थानियले बताएका छन ।

सीमा नाकाबाट नेपाल भित्रिनेहरुको चाप बढ्दै गएको भएतापनि पनि चेकचाँज गर्ने कुनै व्यवस्था गरिएको छैन जसले रौतहटमा कोरोना संक्रमणले भयवह रुप लिन सक्ने आंकलन गर्न थालिएको छ ।

भारतबाट नेपाल फर्कनेहरु नेपालीहरुलाई गौर र बंकुल नाकाबाट मात्रै प्रवेश दिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाटै नाकामा चेकजाँच, अभिलेखिकरण र परीक्षणको निर्णय भएको समेत उहाले बताउनु भयो ।

भारतसँगको खुल्ला नाका रहेकाले स्थानीय अन्य बाटो हुदै नेपाल प्रवेश गर्न सक्ने भएको बताउनु हुदै सुरक्षा निकायलाई निगरानी बढाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो । रौतहटमा रहेको पीसीआर ल्याब सञ्चालनमा नै राखिएको र सबै पालिकाहरुलाई क्वारेन्टिनको व्यवस्थापन गर्न पत्राचार गरिएको समेत यादवले जानकारी दिनु भयो

error: Content is protected !!