जिल्ला प्रशासन कार्यालय रौतहटले टिकट काउण्टर सञ्चालनमा ल्याउदै
जिल्ला प्रशासन कार्यालय रौतहटले टिकट काउण्टर मंगलबारबाट सञ्चालनमा आउने भएको छ । चैत्र ३१ गते मंगलबारबाट जिल्ला प्रशासन कार्यालयको कोठा नं. १२ मा मंगलबारदेखि टिकट काउण्टर सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न प्रयोजनका हुलाक टिकटको आवश्यक पर्ने र सो टिकट खरिद गर्दा तोकिएको मुल्यभन्दा बढिमा खरिद गर्न बाध्य हुने हुदा सेवाग्राहीलाई सहजताका लागी हुलाकी टिकट काउण्टर स्थापना गरेको यादवले बताउनु भयो । कार्यालयमा नेपाली नागरिकता , पासपोर्ट , राष्ट्रिय परिचय पत्र , संस्था दर्ता लगायत विभिन्न प्रयोजनका लागी हुलाकी टिकट अनिवार्य टास गर्नु पर्ने हुन्छ
रु ५ को टिकटलाइ रु १० र रु.१०) को टिकटलाई रु. १५ मा खरिद गर्दै आएका सेवाग्राहीले अब तोकिएको मुल्यमा नै हुलाकी टिकट खरिद गर्न पाउने भएका छन ।