नारायणी अस्पतालमा थप २ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सरिता कुशवाहा
रौतहट चैत्र ३१

वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान नारायणी अस्पतालमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको हो । मृत्यु हनुेमा वीरगञ्ज महानगरपालिका ३ प्रगतिनगरका ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका ९ का ३७ वर्षीय पुरुष छन् ।स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नारायणी अस्पतालमा भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको हो ।एक महिनाअघि नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।श्वासप्रश्वासमा समस्यामा हुनुका साथै खोकी र ज्वरो देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

16 Push 077 final

त्यस्तै बाराका संक्रमितको पनि आजै बिहान नै वीरगञ्जस्थित नारायणी अस्पतालमै मृत्यु भएको छ ।मंगलबार बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।खोकी, ज्वरो र मुखबाट रगत आएपछि निजी अस्पतालमा उपचार गराएका रहेछन्, दुवै फोक्सोमा कोभिड निमोनिया थियो,’ डाक्टर सिंहले भने, ‘हाई फ्लो अक्सिजन दिँदासमेत ४० प्रतिशतभन्दा बढेन, ज्वरो पनि घटिरहेको थिएन, जति कोसिस गर्दा बचाउन सकिएन ।’

भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते उनी घर फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते उनलाई वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।एडभान्समा उपचारका क्रममा हेमो ग्लोविन ४.७ मात्रै भएकोले ३ पिन्ट रगत चढाएको डाक्टर उदय नारायण सिंहले बताए ।दुई दिन कोरोना परीक्षण गराउन नमानेका उनलाई चिकित्सकले सम्झाइबुझाइ स्वाब संकलन गरेर नारायणीमा परीक्षणका लागि पठाएका थिए ।