नेपाल सुनचाँदी ब्यवसायी महासंघ ले दोषीलाई कार्वाही, मृतकलाई क्षतिपूर्ति र सुरक्षाको माग

करण कुमार मिश्र
रौतहट चैत्र ३१

नेपाल सुनचाँदी ब्यवासायी महासंघ प्रदेश कमिटीले मृतकलाई क्षतिपूर्ति ,दोषीलाई कार्वाही र ब्यवसयीहरुको सुरक्षाको माग गरेको छ । सुनचाँदी ब्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष रामजी साहले सोमबार एक प्रेस बिज्ञपति प्रकाशित गरि उक्त तीनबुंदे माग गरेका हुन ।

गत सनिवार राती सिरहा लाहान २३ गढा स्थित अमिता ज्येलर्सका संचालक ४० बर्षिय प्रदिप बिश्वकर्माको हत्या प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मृतक परिवारलाई क्षतिपूर्ति , घटनामा संलग्न दोषीलाई कार्वाही र ब्यवसायिको सुरक्षा गर्न सरकारले तत्काल पहल गर्नुपर्ने बिज्ञाप्तिमा उल्लेख छ ।

16 Push 077 final

बिश्वकर्माको हत्याले सिङ्गो ब्यवसायी माझ सन्त्रासको अवस्था भएको र ब्यवसायिको सुरक्षा दिने राज्यको दायित्व भएकाले सुरक्षाको प्रत्येक्ष प्रत्याभूति दिलाउन नेपाल सुनचाँदी ब्यवसायी महासंघ प्रदेश कमिटीले माग गरेको छ ।

प्रदीप बिश्वकर्माको घरमा लुटपाट गर्नगएका लुटेरा समुहले धारिलो हतियार प्रहार गर्नुका साथै गोलिहानेर उनको हत्या गरेको थियो । सो क्रममा उनकी श्रीमति समेत घाइते भएकी छिन भने घटनामा संलग्न केही अभियुक्त लाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।