धन्सारमा काठ तस्कर र वनगस्ति टोलीबिच हवाइ फायर, काठसहिट टायर नियन्त्रणमा

करण कुमार मिश्र
रौतहट बैशाख १

रौतहटको धन्सार क्षेत्रबाट बुधबार टायर गाडासहित सालका गोलिया वन गस्ति टोलीले पक्राउ गरेको छ ।

16 Push 077 final

रौतहटको चन्द्रपुर नगरपालिकाको पुर्वपश्चिम राजमार्गस्थित धन्सार सब डिभिजन वन कार्यालय क्षेत्रबाट राती साढे १ बजे काठ तस्करहरुले साल जातको रुख काटी टुना टुक्रा पारि काचो सालको गोलया ३ थान अन्दाजी १५÷१६ क्युफिट काठ टायर गाडामा लोड गरि बाराको सिङ्गौलतर्फ लादै गर्दा वन गस्ति टोलीले राती नै तस्करसहित टायर गाडा पनि नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

तस्करहरुले भाग्ने क्रममा फायरीङ गरेपछि वन गस्ति टोलीले पनि एक राउण्ड हवाइ फायर गर्नु परेको डिभिजन वन कार्यालयका प्रमुख अमरदेवले बताउनु भयो । डिभिजन बन कार्यालय रौतहटबाट नियमित गस्तिको क्रममा अधिकृत रामदेब चौधरीको कमान्डमा खटि गएको गस्ती टोलिमाथी नै फायर गरेपछि तस्करहरु भाग्न सफल भएको वनगस्ति टोलीले जनाएको छ ।

नियन्त्रणमा लिइएको टायर,गोरुलाई थप कारवाहीका लागी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरले जनाएको छ ।