हुकिङ गरि विद्युत चोरी गर्ने १८ मटर बरामत

सरिता कुशवाहा
रौतहट बैशाख ३ गते

रौतहटको मौलापुर शाखा अन्र्तगत हुकिङ गरि विद्युत चोरी गरेर चलाएका १८ ओटा मटर बरामत गरेको छ । रौतहटको मौलापुर नगरपालिकामा अबस्थित विद्युत प्राविधिक मौलापुरमा विद्युत चुहावट गरेको भन्दै व्यापक आलोचना भएपछि विद्युत प्राधिकरण शाखा मौलापुरले विभिन्न स्थानमा चेकजाच सुरु गरेको छ ।

हाल ४७ प्रतिशत बिद्युत चुहावट रहेको रौतहटमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरी जरिवाना असुल गर्ने काम शुरु भएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न आग्रह गर्ने र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहायतामा पक्राउ गरी नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख शाक्ति साहले बताउनु भयो । प्राधिकरणले ३ महिनामा विद्युत चुहाबाट १२ प्रतिशतले घटेको जनाइएको छ ।

16 Push 077 final

प्राधिकरणका कर्मचारीहरु प्रहरी र स्थानीय प्रशासनको सहयोगमा  रौतहटको देवाही गोनाही,कर्कच,कटहरीया,झौवा, हर्षहा,भसेडवा, फतुवा विजयपुर र संन्तपुर लगायतका विभिन्न स्थानहरुबाट विद्युत चोरी गरी मटर चाउने हाप्प केबी,एक केबी,दुई केबी र मिटरको सिल खोली सिधै चोरी गरेर बेल्डिङ्ग गरीरहेको बेल्डिङ्ग गर्ने मसिन सन्तपुरबाट पक्राउ परेको बताइएको छ ।

हाप्प केबी ९ थान,एक केबी ८ थान र दुई केबी १ थान गरी जम्मा १८ थान विधुतय मटर पक्राउ परेका छन । रौतहटमा व्यापक रुपमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने प्रवृति बढेको बेला प्राधिकरणले शुरु गरेको योे प्रयासले चुहावट नियन्त्रणमा लिनु राम्रो शुरुवात भएको स्थानियले बताएका छन ।