रौतहट मा प्रहरिद्धारा मदिरा नष्ट

सरिता कुशवाहा
रौतहट बैशाख १४ गते

रौतहट मा प्रहरिद्धारा हिजो मंगलबारे विभिन्न स्थानमा नियन्त्रणमा लिइएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले बिभिन्न मितिमा प्रहरी टोलीले सवारी साधनहरु चेक जाँचको क्रममा अवैध घरेलु तयारी मदिरा १६ वटा ग्यालेनमा अन्दाजी २४० लिटर फेला पारी कार्यालयमा दाखिला भएकोमा सो मदिरा मंगलबार जिल्ला प्रहरी कार्यालय रौतहटको मुल ढोका देखी ५० मिटर उत्तर गौर चपुर सडक खण्ड स्थित पक्की सडकको पश्चिम किनारमा नष्ट गरेको हो ।

16 Push 077 final

मदिरा नष्ट गर्ने क्रममा ईलाका प्रशासन कार्यालय गरुडा रौतहट,गरुडा नगरपालिका गरुडा, कर सेवा कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधी, स्थानिय भद्रभलादमी र संचारकर्मीहरुको रोहवरमा सामाजिक दुरी कायम गरी मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।