कटहरिया नगरपालिकोे दुई वटा शाखामा ताल्चा लगाईयो
रौतहटको कटहरिया नगरपालिकोे दुई वटा शाखामा ताल्चा लगाईएको छ । वडा नं. ३ का वडा अध्यक्ष उमेश यादवको नेतृत्वमा गएका एक दर्जनौ टोलीले प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह र लेखापाल बिबेक सहनीको कार्य कक्षमा ताल्चा लगाईएका छन ।
नगर प्रमुख कुश्वाहा र प्रमुख प्रशासकिय अधिकृत साहले प्रत्यक वडामा रकम नै नदि नियम कानुन बिपरीत सम्पुर्ण बजेट हिनामिना गर्ने उदेश्यले योजनाहरु कार्यन्नवयन सुचिमा नराखी गाएब गरिएको आरोप लगाएका छन ।
बाल बिकश, शिक्षक, र कर्मचारीको नाममा समेत छुटयाईएको ३० लाख भत्ता , कृषी मिटीर ,गाई भैसी सुतकेरी हुदा त्यसको लागि छुटयाईएको प्रन्ध सय समेत हिसाब पटक पटक माग्दा सुन्बाई नगरेको हुदा कार्यलमा तालाबन्दी गरिएको वडा अध्यक्ष यादबले बताउनुु भयो ।
त्यस्तै गत आर्थिक वर्ष २०७६ र ०७७ को हिासाब पारर्दसि नगरिएको नगर उप प्रमुख नुर्जाहन खातुनको नेतृत्वमा वाडा अध्यक्षहरु बिच भएको सहमतिमा कुनै पालना नभएकोे र अपाङ्ग,भएका व्यतिm तथा बाढि पिडितको रकम पिडितहरुलाई नदिई आफन्नो कार्यक्रताहरुलाई मात्र बितरण गरिएको यादवले आरोप समेत लगाउनु भयो ।
वडा अध्यक्ष यादवले बिगतका सहमती र मागहरु कार्यन्वन नगरे आफुहरुले ताल्चा नखोलिने अडान लिएको बताउनु
भयो ।मेयर कुश्वाहा र हाकमी साहले मिली भगत नगरपालिका बजेट पचाउने कार्यमा केन्द्रित भएका यादवले आरोप लगाउनु भयो ।