लालबकैया खोला बाट जथाभावी रुपमा नदिजन्य पदार्थहरु उत्खनन् सम्बन्धीत निकाय मौन
रौतहटको लालबकैया खोला बाट जथाभावी रुपमा नदिजन्य पदार्थहरु उत्खनन् सुरु भएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकाको बिचमा पर्ने लालबकैया नदिको पुल नजिकै बाट दिन्हु उत्खन्न गरि टायर, ट्रयाक्टर र टिपरमा लोड गरि लगिरहेको स्थानियहरुले बताएका छन ।
प्रत्यक दिन दिउसो करिब १२ बजे देखी चार बजेको समयमा र बेलुकी साढे ६ बजे देखि राती साढे ८ बजेको समयमा बालुवा उत्खन्न गर्ने कार्य भईरहेको स्थानियहरुले बताएका छन ।
लालबकैया बाट निकासी गरिएको नदिजन्य पर्दाथ आसपासका गाउ घरका निजी घर तथा सडकको खाल्डो खुल्डी पुर्ने गरेको र ईट्टा उधोगीहरुले समेत ईट्टामा प्रयोग गर्न यसै खोलाबाट लगिरहेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
पुलको वरिपरि कम्तीमा ५०० मिटर सम्म उत्खन्न गर्न नहुने कानुनी प्रावधान हुदाहुदै पनि त्यसलाई मिचेर पुलको वरिपरीबाट उत्खन्न कार्य भईरहदा स्थानिय प्रशासन र सम्बन्धीत निकाले ध्यान नदिएको तिनिहरुको भनाई छ ।
ईलका प्रहरी कार्यलय देवाही गोनाही र मौलापुरको बिचमा पर्ने लालबकैया खोला बाट ढुवानी भईरहदा प्रहरीहरुले समेत चासो नलिएको र सम्बन्धीत निकाय पनि मौन हुदा त्यो ठाउमा खाल्डो खुल्डी भएको र त्यसको प्रत्यक्ष असर र प्रभाव लालबकैया पुलमा नै पर्ने भएकाले यसलाई नियन्त्रण गर्न जरुरी रहेको तत्कालीन पतौराका पुर्व गाबिस अध्यक्ष स्थानिय समाजसेवी शंकर राय यादवले धारणा राखेका छन ।
त्यस्तै कटहरिया नगरपालिका वडा नं. ४ को झौवा भषेढवा र गर्जा पुलको आसपास र लालबकैया पुलको आसपासबाट पनि दैनिक दर्जौनो टायर गाडा , ट्रयाक्टर र टिपरमा लोड गरिरहेको स्थानिय सर्व सधारण ठेकेदार तथा ईट्टा उधोग संचालन गर्नेहरु निकासी पैठारी जारी राखेको स्थानियहरुले बताएका छन ।