चन्द्रनिगाहपुरका कपडा तथा फेन्सि पसलहरु बन्द
सरिता कुशवाहा
रौतहट र्बशाख २० गते
रौतहटको चन्द्रपुर नगर क्षेत्रका कपडा तथा फेन्सि ब्यावसाय सोमबारबाट बन्द भएका छन । रौतहटको चन्द्रपुर नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै जान थालेपछि आम नागरिकको कोरोना जोखिमबाट जोगिन सोमबार बैशाख २० गतेबाट नै आ—आफ्नो कपडा तथा फेन्सि पसलहरु बन्द गरेको कपडा तथा फेन्सि ब्यावसायी संघका अध्यक्ष श्रीराम न्यौपाने बताउनु भयो ।
नेपाल सरकारले बन्दबन्दि गर्ने सम्पुर्ण अधिकार स्थानिय सरकारलाई दिइएको छ तर चन्द्रपुर नगरपालिकाले हाट बजार मात्र बन्द गर्न आग्रह गरेको भएतापनि बजार भने बन्द हुन सकेको छैन । कोरोना संक्रमणको उच्च जोखिमलाई नियन्त्रण गर्न बैशाख २० गतेबाट बैशाख मसान्तसम्म चन्द्रपुर नगरपालिकाका कपडा तथा फेन्सि पसलहरु बन्द गर्ने गरेको उपाध्यक्ष शिवजी प्रसाद कलवारले बताउनु भयो ।
कपडा तथा फेन्सि ब्यावसायी संघको रोहवरमा उद्योग बाणिज्य संघको सहकार्यमा संघको सभाहलमा सम्पन्न बैठकले बैशाख मसान्तसम्म फेन्सि बन्द गर्ने निर्णय भएको बताइएको छ । बैठकमा चन्द्रपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश सुनुवार , पुर्व उद्योग बाणिज्य संघका अध्यक्ष बासुदेव अधिकारी , कपडा तथा फेन्सि ब्यावसायी संघका अध्यक्ष श्रीराम न्यौपाने , फेन्सि संघका रामशरण गौतम , ओम सापकोटा , युवराज कार्की लगायत चन्द्रपुर नगर क्षेत्रमा कपडा तथा फेन्सि सञ्चालन गर्दै आउनु भएका ब्यावसायीहरुको सहभागीता रहेको थियो ।