आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

इण्डियन प्रिमियर लिग ९आईपीएल० २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।

बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।

आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’

16 Push 077 final

भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० ले एक विज्ञप्ति प्रकाशित गर्दै स्थानीय अधिकारी र प्रतियोगिता आयोजकले आईपीएलको यस सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ । बीसीसीआईको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी, सहयोगी कर्मचारी र अन्य सहभागीको स्वास्थ्य सुरक्षामाथि कुनै पनि किसिमको सम्झौता गर्न सकिन्नँ । कोभिडका कारण भारतमै अहिले निकै कठिन परिस्थिति उत्पन्न भएको छ । हामीले दुःखको अवस्थामा पनि सकारात्मक सन्देश दिन र खुसी साट्न प्रयत्न गरेका थियौँ, तर अब आईपीएलमा सम्बद्ध सबै व्यक्ति आईपीएलका खेलबाट बिदा भएर आ–आफ्ना परिवार र घर जाँदै हुनुहुन्छ ।’

गएको अप्रिल ९ बाट सुरु भएको यस संस्करणको आईपीएलमा २९ खेल भएका थिए । यी खेल रङ्गशालामा दर्शक विना नै खेलाइएका थिए ।

कोभिड–१९ बाट खेलाडी र खेल पदाधिकारी नै सङ्क्रमित भएपछि सोमवारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल रद्द भएको थियो । मङ्गलवार पनि चेन्नई सुपर किङ्सका दुई कर्मचारी र सनराइजर्स हैदराबादका एक खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।