आज मध्य रातिदेखि रौतहटमा निषेधाज्ञा
करण कुमार मिश्र । रौतहट बैशाख २४ गते ।
फैलिदै गइरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै रौतहटमा स्थानीय प्रशासनले शुक्रबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ शुक्रबार राति १२ बजे देखि निषेधाज्ञा लागू गरिने रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले रौतहट जिल्ला भरि वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
निषेधाज्ञा अवधिमा एम्बुलेन्स , शववाहक , खाद्यसामग्री, औषधी , कुखुराको चल्ला ,पशुपंक्षिको दाना , दुध , इन्धन , फलफुल तथा तरकारी बोकेका सावारी साधन निर्माण सामग्री ढुवानीको सवारी साधन ,मेडिकल , सर्जिकल सप्लायर्सका ढुवानीको सवारी , रसायनिक मल ढुवानी , सरकारी नम्बर प्लेटका सवारी वैबाहिक कार्यक्रममा बढीमा १५ जना जन्ति सहित २ वटा गाडी चलाउन पाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।