शनिबार रौतहटमा ४८ जनामा कोरोना संक्रमित

 मेनुका दास । रौतहट बैशाख २६ गते ।

रौतहटमा शनिबार ४८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमित हुनेको संख्या ३२९ पुगेको छ । शनिबारबार गौर अस्पतालमा गरिएको पिसिआर परिक्षण गराएकामध्ये ४८ जनामा कोरोना संक्रमित पुष्टि भएको गौर अस्पतालले जनाएको छ ।

शनिबार पिसिआर परिक्षणबाट २६ पुरुष र १३ महिला गरि ३९ जना र एन्टिजेन परिक्षणमा ९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । वैशाखको १ गते देखि विहिबार २५ गतेसम्म रौतहटमा गरिएको परिक्षणमा कोरोना संक्रमणको संख्या ३२९ पुगेको छ भने १४ जनाको मृत्यु भइसकेको छ । रौतहटको गौरस्थित अस्पतालमा मात्र पिसिआर परिक्षण गरिएका परिक्षणमा ३२९ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार गरिएकाो परिक्षणको रिपोर्ट अनुसार गौरमा ८ , चन्द्रपुर ३ , गरुडा ४ , राजपुर ४ , इशनाथ १ , परोहा ५ , मौलापुर १ कटहरिया २ , पतपुवा विजयपुर १ , देवाही गोनाही १ , बृन्दावन १ , गढीमाइ ४ , दुर्गा भगवती १ , अन्य जिल्लाको २ जना गरि ४८ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भयो ।

error: Content is protected !!