रौतहटको दुर्गाभगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरीमा आगलागी १० लाख क्षति

रौतहटमा शनिबार आगलागी हुदा १० लाख बराबरको क्षति भएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरीमा शनिवार दिउसो आगलागी हुदा ३ घरमा पुर्ण रुपमा नष्ट भएको छ ।

दुर्गाभगवती गाउपालिकाको मत्सरीका गगनदेव महराको घरमा नास्ता बनाउने क्रममा आगो सल्किएको स्थानियले बताएका छन । आगलागीबाट महराका दाजुभाईहरु सतलाल महरा र बुधन महराको घर पूर्ण रुपमा जलेर नष्ट भएको जनाइएको छ । गगनदेव महराको छिमेकी महदेव महराको घर भने आँशिक रुपमा जलेको वडाध्यक्ष धर्मेन्द्रकुमार झाले बताउनु भएको छ ।

16 Push 077 final

सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित गौरबाट आएको दमकलको मद्दतबाट आगो नियन्त्रण लिइएको वडाध्यक्ष झाले जानकरी दिनु भयो । मानविय क्षति नभएपनि घरमा रहेको अन्नपात लत्ताकपडा, गरगहना, सहितको बहुमूल्य समानाहरु जलेर नष्ट हुँदा अन्दाजी १० लाख भन्दा बढिको क्षति भएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष अरुणकुमार साहले तत्काल आगलागी भएको स्थलको अवलोकन गरिे क्षतिको अध्ययन प्रहरीबाट गरिने र गाउँपालिकाबाट गर्न सक्ने सहयोग गर्नुका साथै पिडित परिवारलाई घर बनाउन आवश्यक मद्दत गर्ने प्रतिबद्धता जनाउनु भएको छ