भन्सार छलीगरी ल्याका ३ लाख बराबरको मोवाइल सेट रौतहट प्रहरीद्धारा बरामत

मेनुका दास ।
रौतहट जेठ ०२ गते

रौतहट प्रहरीले ३ लाख बराबरको भन्सार छलिका मोवाइल सेट बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले ३ लाख रुपैयाँ बराबरको भन्सार छलीको मोबाइल फोन बरामद गरेको जनाएको छ ।

16 Push 077 final

प्रहरीले भारतबाट अवैध तरिकाले भन्सार छली चोरी गरी ल्याउँदै गरेको विभिन्न कम्पनिको १२ थान एण्डरोइड फोन बरामद गरेको हो । रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ४ लतमरी नजिकै रहेको भारतीय बजारबाट मोबाइल फोन खरिद गरी भन्सार छलेर नेपालमा विक्री गर्न ल्याउँदै गरेको रेडमी कम्पनिको ७ थान, रियलमी कम्पनिको ४ थान र ओप्पो कम्पनिको १ थान गरी १२ थान मोबाइल फोन बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।

भारतबाट झोला भित्र राखेर ल्याउँदै गरेको व्यक्तिले प्रहरीलाई देख्नसाथ झोला छोडेर भारततर्फ नै फरार भएको प्रहरीले बताएको छ । बरामद गरिएको मोबाईल प्रहरी टोलीले वेवारीसे अवस्थामा फेला पारी थप कारवाहीका प्रक्रियामा रहेकोे जनाइएको छ ।