रौतहटको मध्यभाग गरुडाबाट पिकप भ्यान चोरी

सागर ठाकुर । रौतहट जेठ ०२ गते ।

रौतहटको गरुडाबाट एक पिकप भ्यान चोरी भएको छ । शुक्रबार बैशाख ३१ गते राती घरमा नै पार्किङ गरि राखिएको अबस्थामा पिकप भ्यान चोरी भएको सवारी धनी रामअनिस प्रसाल जयसवालले बताउनु भयो ।

16 Push 077 final

रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ४ स्थित गौर चन्द्रपुर सडकखण्डको पश्चिमतर्फ जयसवालको निर्माणधिन घरको आगनमा पार्किङ गरि राखेको अवस्थामा चोरिभएको हो । राती सो पिकप भ्यान चोरी भएको बताउनु भएको छ ।

सिदार्थ बैकको नामामा दर्ता रहेको ना४च ४३८२ नम्बरको महेन्द्रा कम्पनिको सेतो रंगको पिकप भ्यान बैशाख ३१ गते मध्यरातमा चोरी भएको र सो भ्यान खोजतलास गरि पाउ भनी इलाका प्रहरी कार्यालय गरुडामा निवेदन दिइएको प्रहरीले जनाएको छ । चोरी भएको भ्यानको खोजतलास तिब्र रुपमा भईरहेको र चोरि सम्बन्धमा अनुसन्धान भईरहेको र चाडै चोरलाई फेला पार्ने इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।