रौतहटको गरुडा प्रहरीले मोटर साईकल सहित चोरलाई गरे पक्राउ

 रौतहटमा पछिल्लो समय मोटरसाइकलदेखि स्कारपयिो , पिकप भ्यान लगायतका सवारी साधनहरु चोरी हुने क्रम त्रढ्दै जान थालेको र चोरीका ति सवारी साधनहरु नियन्त्रणमा लिने क्रम समेत बढ्दै गएको छ ।

गत बैशाख २८ गते रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर १ बलेरीखोर बस्ने राजदेव राउतको घरबाटै ना २७ प नं. को कालो रंगको सुपर स्पेन्डर मोटरसाइकल चोरी भएको थियो । सो मोटरसाइकल चोरी भएको उजुरी इलाका प्रहरी कार्यालय गरुडामा प्राप्त हुनासाथ चोरी भएको मोटरसाईकल खोजतलास गर्दै जाने क्रममा बैशाख गते नै फ्ला पारेको थियो ।

रौतहटकोगरुडा नगरपालिकाको वडा नं.४ स्थित सडक खण्डमा चेकजाँचको क्रममा वृन्दावनको वडा नं.१ बलरीखोर टोल बस्ने बर्ष २० का सुनिल पटेलले चलाई लिई आएको अवस्थामा प्रहरीले मोटरसाइकलसहित चोरी गर्ने चोर समेत पक्राउ गरेको थियो । निज पटेललाई सोधपुछ गर्दा निजले मोटरसाईकलको तार चुडाई चोरी गरी ल्याएको भनि स्वीकार गरेका थिए ।

पक्राउ परेका पटेललाई आइतबार रौतहट जिल्ला अदालत गौरबाट पहिलो पटक १० दिनको म्याद थप गरी  अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

error: Content is protected !!