इशनाथमा मेयर शन्तोष मेहताले आफु चढ्ने गाडी बनाए एम्बुलेन्स

मेनुका दास । रौतहट बैशाख ०२ गते ।

रौतहटमा पछिल्लो समय आफ्ना नागरिकहरु कोराना संक्रमण हुदा एम्बुलेन्सको अभावमा समयमा नै अस्पतालमा पुर्याउन नसकेपछि केही जनप्रतिनिधीले आफु चढदै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने अभियानै चलाएका छन । यसै बिच जिल्लाको दक्षिणी भेगमा पर्ने इशनाथ नगरपालिकाका नगर प्रमुखले आफ् चढ्ने गाडीलाई एम्बुलेन्स बनाउनु भएको छ ।

नगर प्रमुख सन्तोष कुमार मेहताले आफु चढ्ने सरकारी गाडी बिरामी ओसारपसार गर्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको मेहताले बताउनु भयो ।

16 Push 077 final

रौतहटमा १८ ओटा स्थानिय तहहरु रहेका छन । रौतहटका १८ ओटै स्थानिय तहहरुमा अहिले कोरोना संक्रमण दर बढ्दै गएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म समयमा नै पुर्याउन एम्बुलेन्सहरुले आनाकानी गर्ने र आवश्यक पर्ने बेला एम्बुलेन्स समेत उपलब्ध नहुने हुदा आफ्नो नगरपालिकाका नागरिकहरुलाई समयमा नै अस्पताल पुर्याउन आफ्नो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने उहाको भनाइ रहेको छ ।

नगर प्रमुख मेहताले आइतबारबाट इशनाथ नगरपालिकाका नगर प्रमुखले प्रयोग गर्दै आउनु भएको सरकारी गाडीलाई जनताको लागि एम्बुलेन्स बनाउनु भएको हो । त्यसका साथै मेहताले नगरपालिकाको हरेक वडामा रेपिड रिस्पोन्स टिम समेत परिचालन गर्नु भएको छ ।

इशनाथ नगरपालिकाको वडा न. ९ मा रहेको डुमरिया स्वास्थ चौकिमलाई १० शैयाको अक्सिजन सहितको कोविड अस्पताल पनि सञ्चालनमा ल्याउनु भएको छ । आफ्नो नगरपालिकाको मातहतमा रहेको एम्बुलेन्सलाई कोरोनाका संक्रमितको लागि जुनसुकै स्थानमा लानु परेपनि निशुल्क रुपमा प्रयोग गर्न पाउने नगर प्रमुख सन्तोष मेहताले बताउनु भयो ।