स्वास्थ्यकर्मीहरुले निशुल्क उपचार पाउने
सरिता कुशवाहा । रौतहट जेष्ठ ०४ गते ।
रौतहटको राजदेवी नगरपालिकाका स्वास्थ्यकर्मी कर्मचारी तथा सरसफाईकर्मीहरुमा कोरोना संक्रमण भए निशुल्क उपचार पाउने भएका छन रौतहटको राजपुर नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिकाका स्वास्थ्यकर्मी , कर्मचारी र सरसफाइकर्मीहरुमा कोरोना संक्रमण पुष्टि हुन गएमा नगरपालिकाले सम्पुण खर्चको प्रबन्ध गर्ने निर्णय गरेको छ ।
कोरोना संकटको जटिल अबस्थामा आफ्नो ज्यानको प्रवाह नगरि दिनरात खटिरहनु भएका स्वास्थ्यकर्मी , कर्मचारी र सरसफाइकर्मीहरुको उपचार खर्च नगरपालिकाले नै भुक्तानी दिने निर्णय गरेसँगै स्थानियले नगर प्रमुख धिरेन्द्र कुमार सिंहको चौतर्फी गुनगान गाउन थालेका छन । कार्यपालिकाको बैठकले निर्णय गरिसकेकाले अब त्यसको कार्यन्वयनतर्फ नगरपालिका अगाडी बढेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुबोध साहले बताउनु भयो ।
नगर प्रमुख सिंहले बजेटको पारदर्शिता , कामको पारदर्शिता , स्वास्थ्यको सवालमा बिना कुनै सम्झौता जनताको जिउ ज्यानको सुरक्षाको लागि २४ घन्टा स्वास्थ्य सेवा उपलब्ध गराउने , कोरोनाको प्रकोपको बेला रेपिड रेस्पोन्स टिम तयार गरि सेवा प्रदान लगायतका कार्यहरु अगाडी बढाएपछि नगर प्रमुखको यस्तो कार्यप्रति स्थानियले खुशी ब्यक्त गर्न थालेका छन ।