रौतहटका प्रत्येक नगर प्रमुखहरुको होडबाजी , निशुल्क सेवादेखि १० लाखसम्म दिने घोषणा
रौतहटमा नगर प्रमुखहरुले एकआपसमा होडवाजी चल्न थालेको छ । रौतहटमा पछिल्लो समय कोरोना संक्रमणले उच्च स्थान लिन थालेपछि चारैतिरबाट आलोचना हुदै आएको थियो । रौतहटको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले आफु चढ्ने गाडीलाई पहिलो पटक कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्स बनाइपछि आइतबार रौतहटका अन्य नगरपालिकाहरुका नगर प्रमुखले समेत आफ्नो गाडीदेखि निशुल्क सेवा दिने सम्मका निर्णयहरु गर्न थालेका छन ।
रौतहटको दुर्गा भगवती गाउपालीकाका अध्यक्ष अरुण कुमार साहले पनि आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गर्नु भएको छ । त्यसैगरि हिज सोमबार देवाही गोनाही नगरपालिकाले आफ्नो नगरवासीहरुका लागी निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भयो ।
अहिले नागरिकहरुलाइ आफन्नो नगरका जन्ताहरुलाई बचाउनु मुख्या दायित्व भएकाले नागरिकहरुको उच्च सम्मानका लागी आफुबाटहुन सक्ने सम्पुर्ण सेवा दिन तयार रहेको देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी पटेलले बताउनु भयो । त्यसैगरि बौधीमाइ नगरपालिकाले सोमबारबाट थप एक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणका बेला बिरामी लान ल्याउन एम्बुलेन्सको अभावले बिरामीको ज्यान जाने सक्ने भएकाले त्यो परिस्थिती आउन नदिन थप एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख राजिव रंजन यादवले बताउनु भयो ।
त्यसैगरि राजदेवी नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई निशुल्क उपचार गराइनुका साथै अचानक मृत्यु भएमा मृतकका परिवारलाई १० लाख दिने घोषणा गरेको नगर प्रमुख धिरेन्द्र सिंहले बताउनु भयो । बिपतको घडीमा रौतहटका १८ ओटै स्थानिय तहहरुले यस किसिमका नागरिकहरुप्रति ईमान्दारितापूर्वक काम गरेमा उनिहरुको प्रशंसानै हुने छ ।