रौतहटको कटहरियामा नला निर्माणमा काम गर्ने चार जना कामदार घाईते,एकको अबस्था गम्भिर
सागर संगम ठाकुर । रौतहट जेठ ०६ गते ।
रौतहटमा सडकको साईडमा निर्माण भईरहेको नलामा काम गर्ने चार जना कामदार घाईते भएका छन ।
जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ स्थित कटहरिया टोलमा सडको छेउमा रहेको बौण्डरीको साईडबाट नला बनाउनको लागि स्कारभेटरबाट माटो खन्ने क्रममा अचानक वाल भतकिदा त्यसमा च्यापिएर चारै जना मजदुर घायल भएको हो ।
शहरी सतह ढल परियोजना अन्र्तगत एबिडी कम्पनिले सो नाला निर्माण कार्य गरिरहेको छ । निर्माण कम्पनिले कामदारहरुको सुरक्षाका लागी सेफ्टिीका हेलमेट जस्ता सामग्रीहरु सहित काममा खटाउनु पर्नेमा एबिडी कम्पनि तथा स्थानिय जनप्रतिनिधि र इन्जिनियर समेतको लापरवाहीले सेफ्टिीका सामग्री कामदारले प्रयोग नगर्दा ४ कामदारहरु घाइते भएको स्थानियले बताएका छन । आफुहरुले कामदारहरुको सुरक्षाका लागी हेल्मेट तथा बिमा समेत गरेको इन्जिनियर जितेन्द्र प्रसाद यादवले दावी गर्नु भएको छ । स्थानियले भने नाला निर्माणमा काम गरेका कुनै पनि कामदारहरुले सुरक्षाका सामग्री प्रयोग नगरेको बताएका छन ।
धर्मशालामा निर्माण गरिएको वालको जमिनमुनिको भाग २ फिट रहेको र नाला निर्माण गर्ने क्रममा सो वालको सतहभन्दा ३ फिट मुनिसम्म खनेकाले वाल भत्किएको स्थानियको बताएका छन ।
पनालाल धर्मशालाको चारै तिरबाट लगाईएको पर्खालको पुर्व साईडमा रहेको बिर्ती जाने मुख्य सडकमा बर्षाको पानीको निकाश नहुदा बाटोमा पानी जमदा हिलोनै हिलो हुने गर्थे ।
घाउका घरबाट निस्केका र बर्षाको समयमा मेघका पानिका निस्कीने साधन नहुदा बाटो नै खराब हुदै आएको थियो र सोही बाटोको नाला निर्माण गर्न स्कारभेटर प्रयोग गरि खाल्डो खनिरहेको बेला अचानक वाल खसेका थिए ।
तर इन्जिनियर यादवले बर्षाको समय भएकाले माटो गलेकाले वाल भत्किएको प्रतिक्रिया दिनु भएको छ । वाल भत्किदा देवाही गोनाही नगरपालिकाको वडा नम्बर ५ का अनिल कुमार यादव , फतुवा विजयपुर—७ का मनोज कुमार यादव , बारा सिमौनगढ—१ का अमलेस प्रसाद यादव , र सर्लाही धनकौलल—७ का राजीव यादव घाइते हुनु भएको छ ।
बिर्ती गाउ जाने मुख्य बाटोको रुपमा रहेको यो सडकमा नाला निर्माण नहुदा स्थानियबासीहरुले लामो समय देखि समस्या भोगिदै आएका थिए ।सडको पश्चिम साईडमा रहेको पनालाल धर्मशालाको वालको भित्रबाट नाला निर्माण हुनु पर्ने कटहरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता र स्थानियबासीको भनाई रहे तापनि केही राजनितीक दलका नेताहरुले त्यो भित्रबाट नाला निर्माण हुन नदिने अडान लिएपछि केही दिन देखि निर्माण कार्य अवरुद्ध भएको थियो ।
बौण्डरीको बाहिरी भागमा नाला निर्माण गर्नको लागि वाल संग टासिंएका मोटो खन्ने क्रममा पर्खाला भत्कीदा उनिहरु घायल भएका छन । घाइतेहरुको स्थानिय जीवन ज्योती हस्पिटल कटहरियामा उपचार भइरहेको र मनोज कुमार यादवको अबस्था गम्भिर रहेकाले थप उपचारका लागी विरगंज रिफर गरिएको अस्पतालले जनाएको छ । यस घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको हाम्रा सहशकर्मी प्रकाश श्रेष्ठले जानकारी दिनु भयो