बृन्दावनमा फेला परेको चोरीको भ्यान गरुडा प्रहरीद्धारा सवारी धनीलाई जिम्मा

 करण कुमार मिश्र । रौतहट जेठ ६ गते ।

रौतहटको बृन्दावनमा बेवारिसे अबस्थामा फेला परेको भ्यान सवारी धनीलाई बुधबार बुझाइएको छ । गत जेठ १ गते बिहान रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ९ स्थित सडक किनारबाट भे.१च. २०६९ नम्बर भ्यान इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारेको थियो । सो भ्यान इलाका प्रहरी कार्यालयमा  राखि जिल्ला प्रहरी कार्यालय दाङलाई पत्रचार गरिएको थियो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का बाबुराम बस्नेतले बैशाख २९ गते राती घर अगाडीबाट चोरी भई हराएको भनि अस्थायी प्रहरी पोष्ट बेलझुण्डी दाङमा निवेदन दिएको आधारमा निज सवारी धनी बाबुराम बस्नेतको भतिजा बृहस्पती क्षेत्री अस्थायी प्रहरी पोष्ट बेलझुण्डी दाङको पत्र र भे.१ च. २०६९ नम्बरको बोलेरो पिक अप जिप भ्यानको सम्पुर्ण कागजात लिई बुधबार इलाका प्रहरी कार्यालय गरुडामा सम्पर्क गर्न आएकाले उक्त गाडी सवारी धनीको भतिजा बृहस्पती क्षेत्रीलाई जिम्मा लगाईएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

error: Content is protected !!