गरुडामा संकलित १३० अक्सिजन सिलिण्डर गरुडा प्रहरीद्धारा वितरण
सरिता कुश्वाहा । रौतहट जेठ ६ गते ।
रौतहटको गरुडा नगर क्षेत्रमा रहेको विभिन्न उद्योगहरुबाट संकलन भएका १३० ओटा अक्सिजन सिलिण्डरहरु इलाका प्रहरी कार्यालय गरुडाले विभिन्न स्थानमा बुधबार वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड –१९ रोकथाम तथा नियन्त्रणको लागी इलाका प्रहरी कार्यालय गरुडाको वडा क्षेत्रमा रहेका केही उधोगहरुबाट संकलन हुन आएका अक्सिजन सिलिण्डरहरु बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई ११८ थान , परोहा नगरपालिकालाई ९ थान र राजपुर नगरपालिकालाई ३ थान समेत गरी १३० थान अक्सिन सिलिण्डरहरु बुझाईएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । रौतहटको गरुडा नगरपालिकामा रहेको श्री राम सुगर मिल्स प्रा.लि. रौतहटबाट ८२ थान , बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्ड्रस्ट्रीज प्रा.लि.डुमरीया रौतहटबाट २० थान , बाबा डिस्ट्रीलरी जिगडियाबाट ८ थान , विभिन्न क्रसर उधोग,राईस मिल्स,ग्यारेज,वर्कसप,मोटर पार्टस,ग्रिल उधोगबाट २० थान अक्सिजन सिलिण्डर संकलन गरि कोरोना भाइरस संक्रमितहरुको उपचारका लागी बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।