रौतहटको चन्द्रपुरमा अक्सिजन प्लान्ट निर्माण हुने
रौतहटको चन्द्रपुर—२ शहिद स्मृति पार्कस्थित आइसोलेसनमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । रौतहट क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिना र प्रदेश सांसद धनलाल थोकरको कोष र रौतहटका १८ ओटै स्थानिय तहहरुको सहयोगमा रौतहटको चन्द्रपुरमा रहेको आइसोलेसनमा अक्सिजन प्लान्ट स्थापना गरिने प्रदेश २ का सांसद धनलाल थोकरले बताउनु भयो ।
पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दै जादा रौतहटमा अक्सिजनको अभावमा संक्रमितहरुको मृत्यु हुन सक्ने बताउनु हुदै त्यो संकटबाट रौतहटलाई जोगाउन अक्सिजन प्लान्ट निर्माण गर्न लागी परेको प्रतिनिधि सांसद देव प्रसाद तिमल्सिनाले बताउनु भयो ।
रौतहटमा अक्सिजनको अभाव हुन सक्ने भन्दै सुरक्षा निकाय तथा विभिन्न कम्पनि , संघसंस्थाहरु अक्सिजन सिलिण्डर संकलनमा सक्रियता देखाइरहेको बेला चन्द्रपुरमा नै अक्सिजन प्लान्ट निर्माण हुने भएपछि नागरिकहरुले आभार प्रकट गरेका छन ।
त्यसैगरि विहिबार रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यपालिका बैठकमा कोरोनाको पहिलो लहरको समयमा खट्नु भएका २ जना स्वास्थ्यकर्मीको गत बर्षको साउन देखि कात्र्तिकसम्मको प्रोत्साहन र जोखिम भत्ता निकासा गरि भुक्तानी गर्ने निर्णय समेत गरिएको चन्द्रपुर नगरपालिककाका नगर प्रमुख रामचद्र चौधरीले बताउनु भयो ।